‘सितारे जमीन पर’ चर्चित

  • Clock icon
    २०८२ असार १९, बिहीबार १२:३४

आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ ले राम्रो कमाइ गरिरहेको छ। १२ औं दिनमा कमाइको हिसाबले यस फिल्मले तीन ठूला बलिउड फिल्मलाई पछाडि पारेको छ।

पहिलो दिन बक्स अफिसमा यस फिल्मले १०।७ करोड भारतीय रुयैयाँ ओपनिङ थियो। जुन आमिर खानको फिल्मको लागि यो आंकडा धेरै कम थियो। तर, त्यसपछिका दिनहरूमा फिल्मले बलियो पकड बनायो।

पहिलो हप्तामा फिल्मको कुल कलेक्सन ८८.९ करोड भारु थियो। घरेलु बक्सअफिसमा अब फिल्मको कुल कलेक्सन १३१।४४ करोड पुगेको छ।

आमिरसहित जेनेलिया डिसुजाको मुख्य भूमिका रहेको यस फिल्मले विश्वव्यापी रुपमा कुल २०२।४ करोड रुपैयाँ कमाएको छ। ‘सितारे जमीन पर’ लाइफटाइमको कमाईमा पाँच ठूला बलिउड फिल्महरूलाई पछाडि छोडेको छ।

‘सितारे जमीन पर’ ले फिल्म काबिल (१२६.५८ करोड), रुस्तम (१२७.४९ करोड), गंगुबाई काठियावाडी (१२८.८९ करोड), एयरलिफ्ट (१२९ करोड) र स्त्री (१२९.६५ करोड) लाई पछाडि पारेको छ।

सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन्।

खान र जेनेलिया बाहेक फिल्ममा अरुष दत्ता, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, नमन मिश्रा, ऋषि सहानी, ऋषभ जैन, ब्रिजेन्द्र कला र डली अहलुवालियाको पनि अभिनय छ।

 

  • Clock icon
    २०८२ असार १९, बिहीबार १२:३४