चेकमै व्यस्त दाङका मेटमणी

  • Clock icon
    २०८२ असार १९, बिहीबार १६:३६

नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री मेटमणि चौधरीले आफूविरुद्धको चेक अनादरसम्बन्धी जाहेरी फिर्ता गराउन अर्को चेक काटेका छन् ।

निर्माण कम्पनी चलाउँदै आएका रोल्पाका धात बुढामगरले असार पहिलो साता चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।

पाँच करोड ४० लाखको चेक अनादरसम्बन्धी उक्त जाहेरीमाथि कारवाही शुरु हुनै लाग्दा उनले जाहेरकर्तालाई दुई करोड ७० लाखको अर्को चेक दिई जाहेरी फिर्ता गर्न लगाएका हुन् ।

स्रोतका अनुसार चौधरीले मगरलाई बाँकी रकम बराबरको जग्गा दिने लिखित सम्झौतासमेत गरेका छन् । चौधरीले साउन मसान्तमा साटिनेगरी अढाइ करोडको चेक दिनुभएको छ,बाँकी जग्गामा मिलाउने कुरा बाहिर आएको छ ।

पाँच करोड ४० लाखको चेक अनादरसम्बन्धी उक्त जाहेरीमाथि कारवाही शुरु हुनै लाग्दा उनले जाहेरकर्तालाई दुई करोड ७० लाखको अर्को चेक दिई जाहेरी फिर्ता गर्न लगाएका हुन् ।

जनाईएअनुसार नेकपा एसका उपमहासचिव तथा प्रमुख सचेतक रहेका चौधरीले शहरी विकासमन्त्री हुँदा विभिन्न आयोजनाको ठेक्का मिलाइदिने भन्दै मगरबाट साढे पाँच करोड रकम एडभान्स लिएका थिए ।

तर, ठेक्का दिलाउन नसकेपछि विवाद शुरु भयो । मगरले तारन्तार पैसा फिर्ता माग्न थालेपछि चौधरीले गत वर्ष पुष २६ मा एभरेष्ट बैंकको खाता नम्बर रहेको चेक काटेर दिएका थिए । चार पटकसम्म पनि चेक नसाटिएपछि लेनदेनको लफडा प्रहरीकहाँ पुगेको हो ।

चौधरी र मगरले एक अर्कालाई मामा(भाञ्जा साइनो लगाउने गरेका छन् । तर, उनीहरु नाताले मामा(भाञ्जा भने होइनन् । चेक अनादरको जाहेरी परेको विषय सार्वजनिक भएपछि चौधरीले भोलिपल्ट त्यसको खण्डन गरेका थिए ।

मगरसँग कुनै अनुचित लेनदेन नभएको उनको दावी थियो । तर, नयाँ चेक र जग्गासम्बन्धी लिखित सम्झौता गर्नुले उनको दावी स्वतस् खण्डित भएको छ ।

  • Clock icon
    २०८२ असार १९, बिहीबार १६:३६