ईप्पानले असोजमा पावर समिट २०२५ आयोजना गर्ने

  • Clock icon
    २०८२ असार १९, बिहीबार १४:३३

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ईप्पानाले ले पावर समिट २०२५ आयोजना गर्ने भएको छ। नेपाल सरकारले आगामी १० बर्षभित्र थप २५ हजार मेगावाट निर्माण गर्ने ऊर्जा विकास मार्गचित्र–२०८१ अघि सारेको परिपेक्ष्यमा आगामी असोजमा ऊर्जा क्षेत्रमा अर्न्तराष्टिय स्तरको कार्यक्रमको रुपमा परिचित पावर समिट, २०२५ आयोजना हुन लागेको हो।

इप्पानको विशेष कार्यक्रम ईप्पान फ्लागसिपको रुपमा सुपरिचित यो पावर समिट आगामी २०८२ सालको असोज १ र २ गते अर्थात तदअनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा हुन लागेको छ । यो पावर समिटको नारा Mission 28,500 MW: Powering Nepal, Energizing Region रहेको छ ।

नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरी यही नाराका साथ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारी (Country partner) का साथै विभिन्न राष्ट्रिय अर्न्तराष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरुको सहभागितामा वृहत रुपमा यो समिट आयोजना गर्न लागिएको इप्पानले जनाएको छ।

  • Clock icon
    २०८२ असार १९, बिहीबार १४:३३