हिमलुङ हिमपहिरोमा ४ जनाको शव फेला

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।

एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।