आज फेरी पक्राउ परे दुर्गा प्रसाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले आज सोमबार प्रसाईंलाई पक्राउ गरेको हो।

पक्राउ गर्नुको कारणबारे नीति365ले बुझ्न खोज्दा प्रहरीले समय आएपछि थाहा हुन्छ बाहेक अरु केहि बताउन चाहेन ।

प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।

यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।