लामो समयदेखि शिक्षालय, कर्मचारीतन्त्र र न्यायलयमा दलीय संगठन र कार्यकर्ता भर्ति हुनुहुदैन, भातृसंगठन हुनुहुदैन भनेर आवाज उठाइरहेका रास्वपाका गणेश कार्की लेख्छन् :
पार्टीका दाई र कमरेडहरू भेला पारेर रोगी बनाइएको न्याय प्रणालीबाट निरोगी फैसला हुन्छ भन्ने आशा नै बेकार हो । त्यो आशाबाट बाहिर निक्लौँ । दलहरू र तिनका नेता कार्यकर्तालाई आफ्नो थान्कोमा राखौँ । जतासुकै दल र तिनका कार्यकर्ता चाहिदैन । शिक्षालयमा दल पस्न नदिउँ । कर्मचारीतन्त्रमा दल पस्न नदिउँ । न्यायलयमा दल पस्न नदिउँ ।
अबको आन्दोलन भनेकै दललाई सिमामा बाँध्नु हो । दलतन्त्र र नेतातन्त्रबाट राज्यका गैरदलीय संरचनाहरूलाई मुक्त गर्नु हो । लोकतन्त्र भन्ने गरेको शक्ति पृथकीकरणलाई व्यवहारमा अभ्यास गर्नु हो ।