सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार एमालेले पालना नगरेको नीधिको आरोप

  • Clock icon
    २०८२ असार २१, शनिबार १४:५७

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा आज शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उहाँले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताउनुभयो ।

एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उहाँको आरोप छ।

मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको नीधिले बताउनुभयो ।

निधिले भन्नुभयो, ‘नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार छ। एमाले आउँदैन त के गर्ने? समस्या त यही भइरहेको छ। नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न दिएको छैन, बैठक बस्न दिइरहेको छैन। मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउनुस् रे। प्रधानमन्त्रीको अधिकार कटौति हुनेगरी क्याबिनेटको नियम बनाउँदा मान्छ। सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना भइरहेको छैन। सामूहिक सरोकारको विषयमा अवरोध भइरहेको छ।’

उहाँले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको उल्लेख गर्नुभयो ।

  • Clock icon
    २०८२ असार २१, शनिबार १४:५७