प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका केही नफर्किएको हल्ला छ छनवीन हुनुपर्यो : सोभिता गौतम

shovita gautam सोभिता गौतम

रास्वापाकी सांसद सोबिता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका केही नेपाली नफर्किएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै गम्भीर छानबिनको माग गरेकी छिन् । प्रतिनिधिसभामा बोल्दै उनले भिजिट भिसाका नाममा नेपाली बेच्ने गिरोह सक्रिय रहेको भन्दै यस्तो गतिविधिमा सरकार गम्भीर नदेखिएको आरोप लगाइन्। सरकार समितिको नाममा टालटुले काम गरिरहेको भन्दै उनले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म रास्वपाले संसद बहिष्कार जारी राख्ने चेतावनी दिइन्।