नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक के के छन् आफरमा ?

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०२:१७

नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो । अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

कम्पनीले विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितको प्याकेज ल्याएको छ । यसअन्तर्गत सजिलो
अनलिमिटेड ६९९ र ७९९ रुपैयाँको प्याकेज लिँदा ३० छुटमा पाइनेछ । यो सेवा ग्राहकले आफ्नो मोबाइलका साथै टेलिकमको मोबाइल एपबाट पनि खरिद गर्न मानेछन् । टेलिकमले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न अफरहरु सञ्चालन गर्दै आइरहेको छ ।