विधान महाधिवेशन तयारी : एमालेको जनसंगठन भेला

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०८:४५

नेकपा एमालेले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि आज जनसंगठनको भेला बोलाएको छ।

संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार आज बिहीबार पार्टी केन्द्रीय कार्यलय च्यासलमा भेला बोलाइएको हो। भेलामा सबै २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्षसहित सबै पदाधिकारीहरु सहभागी हुनेछन्।

भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार भेलाले विविध जिम्मेवारी प्रदान गरिने एमालेले जनाएको छ ।

भेलामा सहभागी हुने नेता कार्यकर्तालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन दिने कार्यक्रम छ।

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०८:४५