आज, कांग्रेस नेता शेखर समूहको भेला

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०८:५३
shekhar koirala

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहका भेला आज हुँदैछ। आफ्ना गुटका नेता पार्टीबाट निकालिएपछि कोइरालाले आफूपक्षीय नेताको भेला बोलाएका हुन्।

आज कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा नेताहरु आउने क्रम जारी रहेको कोइरालाको सचिवालयले जनाएको छ।

भेलामा कोइरालाले आफू पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई बोलाएका छन्। कृषिमन्त्री रामनाथ अधिकारी, केही सांसद र केन्द्रीय सदस्य अहिले कार्यक्रमस्थलमा पुगिसकेका छन्।

अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई १ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ।

लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन्।
यीबाहेक कारबाहीमा परेका अधिकांश नेताहरू शेखर समूहकै रहेको उनीहरूको दाबी छ।

  • Clock icon
    २०८२ असार २६, बिहीबार ०८:५३