नेपाल धितोपत्र बोर्डले अर्को साता आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। नीति तथा कार्यक्रम अन्तिम चरणमा रहेको र धितोपत्र बोर्डको संचालक समितिले पारित गरेपछि सार्वजनिक हुने बताईएको छ। गत वर्ष बोर्डले ल्याएको नीति कार्यक्रम कै धेरै विषय कार्यान्वयन नभएकोले विगतका पुरा हुन बाँकि रहेका कार्यक्रम समेट्दै केही नयाँ विषय समावेश गरेर नीति तथा कार्यक्रम आउने बोर्ड स्रोतले जनाएको छ।
धितोपत्र बोर्डमा तत्कालिन अध्यक्ष डा। रेवत बहादुर कार्कीले नीति तथा कार्यक्रम ल्याउने प्रचलन सुरु गरेका थिए। त्यसपछिका सबै अध्यक्षले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परालाई निरन्तरता दिएका छन् ।