नेपालमा व्यक्तिगत प्रयोजनका लागि जहाज किन्न पाइने

  • Clock icon
    २०८२ असार २७, शुक्रबार १३:२३

झन्डै दुई दशकअघिको नीतिलाई प्रतिस्थापन गर्ने गरी सरकारले तयार पारेको नयाँ हवाई नीतिमा नेपाली नागरिकले पनि निजी प्रयोजनका लागि जहाज किन्न पाउने लगायतका कैयौँ नयाँ व्यवस्थाहरू गरिएको अधिकारीहरूले बताएका छन्।

यद्यपि उक्त मस्यौदा प्रारम्भिक भएको र त्यसबारे सुझाव सङ्कलन जारी रहेकाले हालकै रूपमा कार्यान्वयनमा आउँछ भन्ने निश्चित चाहिँ नरहेको जानकारहरू बताउँछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार दोस्रो साता आफ्नो वेबसाइटमा राखेको उक्त नीतिको मस्यौदाबारे यही असार अन्तिम सातासम्म सुझाव दिन पाइने छ।

त्यसपछि आएका सुधारहरूलाई पनि समेटेर उक्त नीतिलाई अन्तिम रूप दिइने अधिकारीहरूले बताएका छन्।

सरकारले विसं २०५० सालमा राष्ट्रिय हवाई नीति जारी गर्दै हवाई क्षेत्रमा निजी लगानी खुला गरेको थियो।

 

  • Clock icon
    २०८२ असार २७, शुक्रबार १३:२३