आर्थिक क्षेत्र चलायमान बनाउन आजै सरकारले गम्भिर भएर सोच्नुपर्छ

अन्तराष्ट्रिय आर्थिक स्थिती व्यक्तिगत स्वार्थकेन्द्रित राजनिती र उद्योगमैत्री नीति नहुनु नै औद्योगिक विकासका बाधक हुने छ । मुलुकको सर्बाङगिण विकास हुँदैन । सरकारले पैतृक सम्पतिमा लाग्ने कर हटाउनु पर्ने आयकरका विषमा बिशेष ध्यान दिनुपर्ने युवा जनशक्ति स्वदेशमै राखी रोजगारी सिर्जन गर्नका निम्ती स्टार्टपलाई प्रवद्र्धन गर्न प्रोत्साहन नीति ल्याउनु पर्ने ।
मुलुकमा रहिआएका उद्योग धन्दालाई पुर्णरुपमा संचालन गर्ने उदाहरणका लागि नेपाल औषधीका लागि आत्मतिर्भर छ तर सरकारका अनेक अस्वभाबिक नीतिका कारणले यहाँ रहेका उद्योग पुर्णरुपमा चल्न सकेका छैनन र हामी बाहिरबाट औषधी आयात गर्न बाध्य छौँ ।
समय तथा अन्तराष्ट्रिय मुद्रमा आएको बढवाले गर्दा औषधीको मुल्य समायोजन गर्नुपर्ने छ । एकै प्रकृतिका र स्वदेशमै उत्पादित औषधी छन भने आयाती औषधीमा कडाई गर्नुपर्ने । औषधीको कच्चा पदार्थमा पूर्ण रुपमा कर छुट गर्नुपर्ने, विद्युत लगायतका विषयमासमेत विशेष ध्यान दिनुपर्ने छ यस लगायत यस्तै प्रकृतिका समस्या भएका उद्योग घन्दा धेरै रहेकाले सरकारले आर्थिक क्षेत्र चलायमान बनाउने विषयमा गम्भिर भएर तत्काल सोच्नुपर्ने छ ।