नीति तथा कार्यक्रम र बजेट : बालेन

  • Clock icon
    २०८२ असार २९, आईतवार १५:४३
balen vs sunita

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता पर्ने बताउनुभएको छ ।

आज आइतबार बसेको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२ ०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिम क्रियाशिलता आवश्यक हुनेमा जोड दिनुभयो ।

उहाले महानगरवासी, नागरिक समाज, विभिन्न तहका नीजि क्षेत्र, महानरगरका जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागीता अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै बजेट कार्यान्वयको अपेक्षा गर्नुभयो ।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

आज सोही बराबरको बजेट आज प्रस्तुत हुनेछ ।

  • Clock icon
    २०८२ असार २९, आईतवार १५:४३