एशियन लाइफ इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सिमरामा सम्पन्न

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०१:४२

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०–८१ सम्मको संचित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड ९८ लाख रुपैयाँको बोनस शेयर ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख बराबरको बोनश शेयर र बोनश शेयर तथा नगद लाभांशवापत कर प्रयोजनका लागि ०.२६८४ प्रतिशतले हुन आउने ९१ लख २५ हजार नगद लाभांश पारित गरेको छ ।

यसैगरी सभाले  सञ्चालक समितिमा संस्थापक शेयरधनी ‘समूह क’ बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा तथा सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट प्रतिनिधित्व गर्ने संचालक पदमा शौरभ रुंगटा र शिला राजभण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।