अघिल्लो साता ५२.५७ अंकले घटेर बन्द भएको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो कारोबार दिन आज पनि घटेको छ।
आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६,५४ अंकले घटेर २६३२.९६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २ अंकले घटेर बन्द भएको थियो।
आज नेप्सेमा २९ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ४० कम्पनीको शेयर मूल्य घटेको छ। ३ सय ५१ कम्पनीको ७६ लाख ९९ हजार २ सय २७ कित्ता शेयर ४४ हजार ९ सय ४२ पटक किनबेच भएको छ। आज २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९ सय ६५ रुपैयाँको कारोबार भएको छ।
आज याम्बालिङ हाइड्रोपावर लिमिटेड,टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्नो रिभर्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको ८ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
