नेपाल राष्ट्र बैंकले आज साउन २ गते शुक्रबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी मुद्राको मूल्य बढेको थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो लगायत कतिपय विदेशी मुद्रा भने थप सस्तिएका छन्। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ १२ र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ३१ र बिक्रीदर १६० रुपैयाँ थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०५ र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ८६ र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा थियो।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            