नेउबा महासंघका अध्यक्ष ढकालद्वारा (युएई) का लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)का अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्दै अहिलेको समय लगानीको लागि अत्यन्त अनुकूल रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित युएई आर्थिक प्रवर्द्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा पछिल्लो समय व्यापक आर्थिक सुधारहरू हुँदै गएका र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उनका अनुसार, नेपालले ३० भन्दा बढी कानुनहरू संशोधन गरिसकेको छ भने युएईसँगको द्विपक्षीय लगानी सम्झौता पनि अन्तिम चरणमा पुगेको छ।

अध्यक्ष ढकालले युएईका लगानीकर्तालाई निम्न क्षेत्रहरूमा संयुक्त लगानी गर्न प्रस्ताव राखेका छन ।

जलविद्युत तथा सौर्य उर्जा , प्रसारण लाइन निर्माण ,रिसोर्ट तथा साहसिक पर्यटन ,कृषि उत्पादन प्रशोधन ,सूचना प्रविधिमा आइसीटी आउटसोर्सिङ उनले भने, नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ। यही उपयुक्त समयमा युएईका लगानीकर्ताले नेपालमा प्रविष्ट हुनसक्ने आधार तयार भएको छ।

ढकालले युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीचको सम्बन्धलाई सामाजिक तथा आर्थिक रूपमा मजबुत बनाएको भन्दै युएई सरकार र जनतालाई धन्यवाद व्यक्त गरे।

उनीहरूले युएईका लागि वित्तीय सेवा, सीप विकास, र तालिम केन्द्रहरूमा लगानी गर्न सक्ने अवसर रहेको उल्लेख गर्दै महासंघको तर्फबाट आवश्यक सम्पर्क, जानकारी तथा सहजीकरणका लागि पूर्ण तयारी रहेको जनाए।

अध्यक्ष ढकालले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्यलाई अझ मजबुत बनाउँदै भविष्यमा संयुक्त सम्मेलन तथा व्यापार प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको बताए।

नेपाल–युएई सम्बन्धलाई लगानी, व्यापार र सामाजिक सहकार्यको नयाँ उचाइमा पुर्याउने दिशातर्फ अध्यक्ष ढकालको पहललाई सराहना गरिएको छ। युएईका लगानीकर्ताका लागि यो समय नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा प्रविष्टिका लागि ऐतिहासिक अवसर बन्नसक्ने देखिएको छ।