१४ महिनाको कसरत पछि प्रधानमन्त्री ओलिको दुईदिने भारत भ्रमण हुदै

केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी भदौ ३१ मा हुने भएको छ । भारतबाट निमन्त्रणा अनुसार दुई दिने भ्रमणको तालिका तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको हो ।

भ्रमणको तालिका तय भएपछि दुवै पक्ष यस भ्रमणका एजेण्डा तय गर्न लागिरहेको बताइएको छ ।यस अघि प्रधानमन्त्री नियुक्त भएको केहि महिनामै भारत भ्रमण हुने गरेकोमा प्रधानमन्त्री ओली अन्तत आफ्नो कार्यकालको करिब १४ महिना पछि भारत जाने भएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको चाँजो मिलाउन परराष्ट्रमन्त्री आरजु देउबा राणा र परराष्ट्रमन्त्रालय धेरै लागेको थियो ।