एनआइसी एसिया बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छुट सम्झौता

एनआइसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबिच बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।