“एनआईबिएल सहभागिता फण्ड” नामक खुल्लामुखि योजनाको प्रतिफल घोषणा

nimb ace capital

एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो।

आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको  बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि साउन ५ गते बुक क्लोज गरिएको छ । साउन ५ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

क्यापिटलका अनुसार एनआईबिएल सहभागिता फण्ड को स्वीकृत कोष आकार ६ अर्ब समाप्त भएको हुनाले उक्त सीमा भन्दा माथीको इकाई लगानीकर्ताको हितग्राही खातामा जम्मा नभएता पनि दर्ता किताब बन्द बुक क्लोज मिति २०८२/०४/०५ सम्म लगानी गर्नुहुने सम्पूर्ण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरे पश्चात् उपरोक्त लाभांश प्राप्त गर्ने छन्।