बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले हिजोदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ ।
जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।
आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ९ तथा ढिलोमा भदौ २० गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।
त्यसपछि २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गर्नेछ ।