विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो । ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २–० ले हराउँदै उपाधि उचालेको हो । आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक गोल भयो ।
खेलको २२औं मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ४३औं मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए । राजेन्द्र प्लेयर अफ द म्याच भए । प्रतियोगिताको इमर्जिङ प्लेयर एपिएफका पवन माओ, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोशन राई घोषित भए । बेस्ट स्कोरर आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए । दुवैले समान ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेअर अफ द टुर्नामनेन्ट घोषित भए ।