थानकोट–चित्लाङ् सडक आर्थिक विकास र समृद्धीको सहयोगी : मन्त्री दाहाल

  • Clock icon
    २०८२ श्रावण १५, बिहीबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनुभएको छ ।

आज बिहीबार सो सडकको निरीक्षण पछि उहाले काठमाडौं जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धीको सहयोगी समेत बन्न सक्ने बताउनुभयो ।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पु-याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास उहाले व्यक्त गर्नुभयो ।

निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै मन्त्री दाहालले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत निर्देशन दिनुभयो ।

उहाले विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धी ल्याउन सक्नु पर्ने बताउनुभयो । यो सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्ने उहाको भनाई छ ।

यस्तै सोहि क्षेत्रका प्रतिनिधी सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले मकवानपुर तथा काठमाडौंबासीका लागि मात्र नभई पूर्वी नेपाल सहित बाग्मती, मधेस र लुम्बिनी सँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको उल्ले्ख गर्नुभयो ।

यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा उहाको जोड छ ।

  • Clock icon
    २०८२ श्रावण १५, बिहीबार