राहदानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा
राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल, शत्रुधनप्रसाद शर्मा पोखरेल, रविन्द्रराज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाईलगायतलाई मुद्दा दायर गरिएको हो। […]