लोकमान्य गोल्छालाई पोल्यान्डको उच्च सम्मान
नेपालका प्रतिष्ठित उद्योगपति तथा व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने प्रतिष्ठित नागरिक सम्मान ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट अफ पोल्यान्ड’बाट विभूषित भएका छन्। गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत समेत हुन्। बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्कीले गोल्छालाई उक्त सम्मान हस्तान्तरण गरेका हुन्। […]