केपी ओलीको असक्षमता एमालेले बोकेर हिँड्न सक्दैन : सुरेन्द्र मानन्धर
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन् । उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिँदा एमाले अहिलेको संकटमा पुगेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए । […]