उद्धारमा एकता, स्विट्जरल्यान्ड शोकमा
स्विट्जरल्यान्डको एक चर्चित स्की रिसोर्टमा नयाँ वर्षको उत्सवका क्रममा भएको भीषण आगलागीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। दक्षिणी स्विट्जरल्यान्डस्थित क्रान्स–मोन्टाना रिसोर्टमा रहेको ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी भएको हो। स्थानीय समयअनुसार राति करिब १:३० बजे नयाँ वर्षको पार्टी चलिरहेका बेला बारमा आगो लागेको प्रहरीले जनाएको छ। […]