साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेर बन्द भएको थियो।
आज नेप्सेमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ८६ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता शेयर ७७ हजार ६ सय २७ पटक किनबेच भएको छ।
आज ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८ सय २५ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५ सय ४२ रुपैयाँको कारोबार भएको थियो।
