बारामा निर्वाचन कर्मचारी बेहोस भए, मतदान जारी राख्दै वैकल्पिक व्यवस्था
बारा। प्रतिनिधि सभा निर्वाचन २०८२ का क्रममा बारामा खटिएका एक निर्वाचन कर्मचारी आज बिहान बेहोस भएका छन्। सिम्रौनगढ नगरपालिका–३, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, किसनपुर मतदानस्थलमा कार्यरत कर्मचारी श्याम प्रसाद साह अचानक ढलेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, मतदान प्रक्रिया चलिरहेकै बेला साह बेहोस भएका थिए। उनलाई तत्काल […]