खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यम : राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याति र पहिचानमा मात्र सीमित नरहेको बताए। […]