साना खानेपानी संस्थाहरूको क्षमता सुदृढ गर्न गहन छलफल
निजगढ, बर्दिवास, कमलामाई लगायतका साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूका प्रतिनिधिहरूसँग राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघले गहन छलफल सम्पन्न गरेको छ। छलफलमा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक चुनौतीहरू र संस्थागत समस्याहरूलाई केन्द्रमा राखी विचार–विमर्श गरिएको थियो। पदाधिकारीहरूले स्रोत संरक्षण, गुणस्तरीय पानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षता अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता र स्थानीय तहसँगको […]