इप्पान अध्यक्ष कार्कीः निजी क्षेत्रको योगदानले जलविद्युत विकासमा क्रान्ति ल्याएको छ
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा निजी क्षेत्रको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्। इप्पानको २६औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष कार्कीले निजी क्षेत्रको सक्रिय सहभागिता नभएको भए मुलुक अझै लोडसेडिङको चपेटामा पर्ने अवस्था रहेको बताए। अध्यक्ष कार्कीका अनुसार, हाल देशभर ९०० भन्दा बढी जलविद्युत आयोजनाले लाइसेन्स प्राप्त गरी काम […]