कोप–३० ले खोल्यो जलवायु कूटनीतिको नयाँ दिशामार्ग
विश्वव्यापी तापक्रम वृद्धि रोक्ने साझा मार्गचित्र बनाउने उद्देश्यसहित ब्राजिलको बेलेम सहरमा सम्पन्न कोप–३० (COP30) सम्मेलन इतिहासकै सबैभन्दा विभाजित सम्मेलनका रूपमा चिनिए पनि यसले भविष्यका जलवायु वार्ताहरूका लागि नयाँ आयाम र कूटनीतिक पुनर्संरचनाको संकेत दिएको विश्लेषकहरूको ठम्याइ छ। खनिज इन्धनबारे स्पष्ट उल्लेख दस्तावेजमा नआएपछि धेरै मुलुक असन्तुष्ट बने, भने उत्पादनमा निर्भर देशहरूले यसलाई आफ्नो कूटनीतिक विजयका […]