कारोबार हुने साताको दोश्रो दिन आज नेप्से सामान्य वृद्धि

  • Clock icon
    २०८३ कार्तिक १७, मंगलवार

साताको दोस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ०.२४ प्रतिशतले बढेको छ।

आज नेप्से परिसूचक ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ। क वर्गका कम्पनीको उपसुचक सेन्सेटिभ इण्डेक्स १.४८ अंकले उकालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३४९ कम्पनीका १ करोड ५४ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन्।

कुल ५७ हजार ३८१ पटकको कारोबारबाट ५ अर्ब ६४ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

 

  • Clock icon
    २०८३ कार्तिक १७, मंगलवार