दूधको बक्यौता नपाएपछि किसान सडकमा, उखु किसानले राजमार्ग आन्दोलन चेतावनी
दूधको मूल्य भुक्तानी नपाएपछि नेपाली दुग्ध किसानहरू सडकमा उत्रिएका छन्। लामो समयदेखि बिक्री गरिएको दूधको बक्यौता रकम नपाएको भन्दै किसानहरूले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना कार्यक्रम राखेका छन्। दुग्ध उत्पादक किसानहरूले पटक–पटक दुग्ध विकास संस्थान र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्। […]