सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठनको सय दिनको अवधिमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्र भनेको परिणाम, विधि, पद्धति र […]