रास्वपा सांसदका स्वकीय सचिवमा नातावाद र परिवारवाद निषेध, खुला प्रतिस्पर्धाबाट नियुक्ति
राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव ९पीए०नियुक्ति तथा व्यवस्थापन सम्बन्धी कडा र पारदर्शी आन्तरिक निर्देशन जारी गरेको छ। महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशन अनुसार अब रास्वपाका कुनै पनि सांसदले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, […]