पाकिस्तानले श्रीलंकालाई हरायो
सलमान अघाको शतकमा पाकिस्तानले श्रीलंकालाई अन्तिम ओभरमा पराजित गरेको छ। रावलपिण्डीमा गएराति भएको खेलमा श्रीलंकालाई अन्तिम ओभरमा २१ रन आवश्यक थियो। पाकिस्तानका हुसैन तलतको अन्तिम ओभरको पहिलो बलमा श्रीलंकाका महीश थिक्शनाले रन लिन सकेनन्। दोस्रो बलमा दुई रन लिए। त्यसपछि तलतले दुई बल लगातार वाइड फाले। त्यसपछिका दुई बलमा थिक्सनाले लगातार दुई चौका प्रहार गरे। […]