अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौताको नजिक पुगिएको दाबी गरेका छन्।
उनले सोमबार भारतका लागि आफ्ना राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा उक्त दाबी गरेको सीएनएनले जनाएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी भारतसँग एउटा सम्झौता गर्दै छौँ, जुन हामीले पहिले गरेको भन्दा धेरै फरक छ। हामी एक निष्पक्ष सम्झौता गर्दै छौँ, एक निष्पक्ष व्यापार सम्झौता।’
ट्रम्पले थपे, ‘हामी (अमेरिका र भारत) बीच धेरै खराब व्यापार सम्झौता भएका छन्। उनीहरू (भारत) धेरै राम्रा वार्ताकार हुन्। मलाई लाग्छ, हामी सबैका लागि राम्रो सम्झौताको धेरै नजिक छौँ।’
