म्याग्दी कालीलाई मुग्लान रकडेल कप भलिबल उपाधि

म्याग्दी काली युनाइटेडको महिला भलिबल टोलीले मुग्लान रकडेल कप २०२६ को उपाधि जितेको छ ।

म्याग्दी कालीले पूनरागमन गर्दै उपाधिको अर्को दाबेदार ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

अष्ट्रेलियाको सिड्नीको रकडेलस्थित पिसिवाइसी क्लबको इन्डोर हलमा भएको खेलमा म्याग्दी कालीले पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै म्याग्दी कालीले २ हजार ५ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको ढोरपाटनले १ हजार ५ सय अस्ट्रेलियन डलरसँगै ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।