सात विकास योजना अघि बढ्ने
काठमाडौं । भारत सरकारले नेपालमा सामुदायिक विकाससँग सम्बन्धित सात महत्वपूर्ण परियोजना कार्यान्वयन गर्ने भएको छ । ती परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच बुधबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण गरिनेछ […]