शेयर कारोबार हुने साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.०७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १०.०७ अंकले घटेर २७३०.१७ मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ३८ कम्पनीको ७९ लाख ३ हजार ४ सय ४४ कित्ता सेयर ४३ हजार ६ सय ७४ पटक किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा सबैभन्दा धेरै नबिल डिबेन्चरको सेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै यूनियन हाइड्रोपावर लिमिटेडको ३० करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६४ प्रतिशत बढेको छ।
