एनएमबि बैंकले सार्वजनिक गर्यो दुई नयाँ प्लाटिनम डेबिट कार्ड
एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र प्रिमियम बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले बदलिँदो जीवनशैली र ग्राहक आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो। नयाँ कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले व्यक्त गरेको छ। […]