उद्धार चिकित्सामा नयाँ क्षमता विकास
काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी एडभान्स ट्रेनिङ अफ ट्रेनर्स (टिओटी) कार्यक्रम सम्पन्न भएको छ। चैत २३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त तालिम इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस), स्कटल्यान्डसँगको सहकार्यमा आयोजना गरिएको हो। अस्पतालका अनुसार नेपालमा पहिलो पटक सञ्चालन गरिएको यस तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो। […]