कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धानबालीको उत्पादन बढाउन सकिन्छ उपसभामुख रानामगर
उपसभामुख इन्दिरा रानामगरले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाले भन्नुभयो, “जलवायु अनुकूलित प्रविधिको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा […]