भारतलाई नेपालबाट विद्युत् निर्यात १०१० मेगावाट पुग्यो
भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् आयात गर्ने सहमति दिएको छ। सोमबार भारतले नेपालका विभिन्न ५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने २००.२९ मेगावाट विद्युत् निर्यातको अनुमति प्रदान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। स्वीकृत आयोजनामध्ये तल्लो सोलुबाट ८० मेगावाट, लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२ मेगावाट, ठूलो खोलाबाट २०.७ मेगावाट, सुपर काबेली […]