संसद् यात्रामा नयाँ थालनी
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। रामचन्द्र पौडेलले उनलाई बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच शपथ गराउने कार्यक्रम तय भएको छ। नेपाली कांग्रेसका ७८ वर्षीय नेता केसी गत फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्। ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट […]