ग्लोबल आइएमई बैंकको नाफा सवा ६ अर्ब, निक्षेप र कर्जामा दोहोरो अंकको वृद्धि
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले बुधवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, यो नाफा अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशत मात्र बढी हो। अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो। […]